Logo

आहा–रारा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा सहारा पोखरा र एपीएफ भिड्ने



काठमाडौं, ४ माघ । आहा–रारा गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनीक गरिएको खेल तालिका अनुसार माघ ६ गते बाट प्रतियोगिता सुरु हुनेछ ।

आहा–रारा गोल्डकपको उद्घाटन खेलमा सहारा क्लब पोखरा र एपीएफ भिड्ने भएका छन् ।

प्रतियोगितामा दस टोलीको सहभागीता रहेको आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा विजयी टोलीलाई नगद रु.१० लाख १ हजार तथा दोश्रो पुरस्कारको रुपमा रु.५ लाख १ हजार रुपैयाँ नगद प्रदान गरिने आयोजक सहारा क्लबले जनाएको छ ।

खेल हेर्ने दर्शकका लागि खोप कार्ड अनिवार्य गरिएको बताइएको छ ।

माघ १५ गतेसम्म सञ्चालन हुने खेल पोखरा रंगशालामा हुनेछ । तस्विरः सहारा पोखरा क्लब



प्रतिक्रिया दिनुहोस्