काठमाडौं, ४ माघ । राष्ट्रिय स्वास्थ्यकर्मी संघले स्वास्थ्यकर्मीको मनोबल बढाउन १३ बुँदे माग अगाडि सारेको छ। स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित हुन थालेपछि स्वास्थ्यकर्मीको मनोबल बढाउन संघले उक्त बुंदा अगाडि सारेको हो।
सरकारले कोभिड १९ महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता तुरुन्त दिनुपर्ने, खोप प्रदान गर्ने स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिमको व्यवस्था गर्न, आइसोलेसनको व्यवस्था गर्नुपर्ने, बिमाको व्यवस्था गर्नुपर्ने, करारमा भएका स्वास्थ्यकर्मीहरुको म्याद थप गर्नुपर्ने, संक्रमित स्वास्थ्यकर्मीको निशुल्क औषधि उपचारको व्यववस्था गर्नुपर्नेलगाएतका मागहरु संघले अगाडी सारेको छ ।





प्रतिक्रिया