Logo

टोंगामा सुनामी आएपछि जनजीवन अस्तव्यस्त, ठूलो क्षति भएको अनुमान



एजेन्सी, ४ माघ। प्रशान्त टापु टोंगामा सुनामी आएपछि ठूलो क्षति भएको रिपोर्ट गरिएपनि पूर्ण विवरण आउन सकेको छैन । राजधानी नुकुआलोफाबाट करिब ६५ किलोमिटर उत्तरमा आइतवार हुङ्गा टोंगा-हुंगा हापाई ज्वालामुखी विस्फोट भएको थियो ।

सो विष्फोट अमेरिका सम्म टाढा सुनिएको थियो । विष्फोटपछि एक मिटर भन्दा माथिसम्म छाल आएको थियो । सो सुनामीका कारण तटीय क्षेत्रको जनजिवन प्रभावित भएको समाचार छ ।

अहिलेसम्म कतिजना घाइते वा मृत्यु भएको छ पुष्टि हुन नसकेपनि बेलायती महिला एन्जेला ग्लोभर बेपत्ता भएको उनका साथीहरू र परिवारले बताएका छन् । उनले टोंगाको राजधानी नुकुआलोफामा ट्याटु पार्लर संचालन गर्दै आएकी थिईन ।इन्टरनेट र सञ्चार विच्छेद भएकाले क्षतिको विवरण आउन नसकेको बीबीसीले समाचारमा उल्लेख गरेको छ। न्युजिल्याण्ड र अष्ट्रेलिया दुबैले स्थितिको आकलन गर्न निगरानी उडानहरू पठाइरहेको समाचार छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot