‘बुस्टर डोज’ खोप क–कसले लगाउन पाउँछ ?


काठमाडौं, ४ माघ । सरकारले कोभिड–१९ विरुद्धको पुर्ण मात्रा खोप लगाएको ६ महिना पुगेका अंग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई थप खोप ‘बुस्टर डोज’ खोप दिन सुरु गरेको छ ।

पहिले लगाएको सोही प्रकृतिको खोप लक्षित वर्गहरुलाई सोमबार काठमाडौं जिल्ला र मंगलबारदेखि ललितपुर जिल्लामा विभिन्न स्थानबाट बुस्टर डोज खोप दिने व्यवस्था गरेको हो ।

स्वास्थ्य कार्यालय ललितपुरको अनुसार स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सम्पुर्ण कर्मचारीहरु, सुरक्षाकर्मी, फोहोर संकलन सरसफाईकर्मी, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरु, बैंक सेवा, संचारकर्मी, पत्रकार, सार्वजनिक यातायातका चालक लगायतहरु आफुलाई पायक पर्ने स्वास्थ्य संस्थामा पहिला दुवै मात्रा लगाएको खोप कार्ड अनिवार्य लिएर बुस्टर डोज लगाउन जान आग्रह गरेको छ ।