Logo

काठमाडौंमा संक्रमितको अवस्था कस्तो छ ?



काठमाडौं, ४ माघ । देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घन्टामा ६ हजार ७ सय ६४ जनामा सक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार संक्रमित भएका मध्ये काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९ सय ३९ जना रहेका छन् । जसमध्ये काठमाडौं जिल्लामा मात्रै २९ सय ४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जना संक्रमित थपिएका हुन् । यसैगरी, देशभर संक्रिय संक्रमितको संख्या ३० हजार ८ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा मात्रै १९ हजार ३ सय ८७ संक्रिय संक्रमितको संख्या रहेको छ । जसमध्ये काठमाडौंमा मात्रै १३ हजार ९ सय ८६ जना, भक्तपुरमा १८ सय ४६ र ललितपुरमा ३५ सय ५५ संक्रमितको संख्या रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्