Logo

तेल किन्न ऋण लिनुपर्ने अवस्था आयो: नेपाल आयल निगम(विज्ञप्तिसहित)



काठमाडौँ, ४ माघ। नेपाल आयल निगमले आफ्नो सञ्चित मुनाफा रित्तिए पछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको स्पष्ट पारेको छ ।

निगमले हिजो (सोमबार) एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको जनाएको हो ।

निगमले जारि गरेको विज्ञप्तिमा भनिएको छ,’सञ्चित मुनाफा शून्यमा पुगेकाका कारण आगामी साता भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नु पर्ने २ अर्ब रकम समेत अपुग भएको छ। आईओसीको २ अर्ब तिर्न ऋण लिनु पर्ने वा मूल्य स्थिरीकरण कोषको रकम चलाउनुपर्ने अवस्था सिर्जना भएको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot