Logo

पल र असु न्यौपाने अभिनित ‘मायाले मेरो ज्यान खायो’ सार्वजनिक



काठमाडौं, ४ माघ । चर्चित अभिनेता पल शाह र मोडल आसु न्यौपानेको अभिनयमा ‘मायाले मेरो ज्यान खायो’ बालेको गीत सार्वजनिक भएको छ । शनिबार प्यासिफिक प्रोडक्शन नामक युटुव च्यानल मार्फत गीत सार्वजनिक भएको हो ।

गीतमा चर्चित गायक राजनराज शिवाकोटी र गायिका मिलन नेवारको स्वर रहेको छ । प्यासिफिक प्रोडक्शनको उत्पादनमा बजारमा आएको गीतमा शब्द तथा संगीत गायक शिवाकोटीकै रहेको छ ।

राजन इशनको एरेन्ज रहेको मायाले मेरो ज्यान खायो बोलको गीत प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । कमल र किरणले रेकर्ड गरेको गीतको अडियो सम्पादन भने श्यामस्वेत रसाईलीले गरेका हुन् ।

गीतको अडियो तथा भिडियो प्यासिफिक प्रोडक्शनले गर्दा कन्सेप्ट, कोरियोग्राफ तथा निर्देशन मौषम हिमालीले गरेका हुन् । अनिश स्याङदेनले छयाङकन गरेको गीतको मिलन विश्वकर्माले भिडियो सम्पादन तथा कलर गरेका हुन् ।

गीतको पोष्टर डिजाइन सन्तोस चौहानले गर्दा आर्ट डिजाइन जटा शंकर,प्रोडक्शन म्यानेज मिलन कटवाल, फोटोग्राफ विश्व केसी तथा पोसाक डिजाइन भ्यालेन्टीनो बुटिक र सम्झना बुटिकले गरेको निर्माता कम्पनी प्यासिफिक प्रोडक्शनले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्