Logo

लोकेश बमको बिस्फोटक ब्याटिङ, आरिफ र प्रदिपको उत्कृष्ट साझेदारी



काठमाडौं, ४ माघ । प्रधानमन्त्री कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत दोस्रो सेमिफाइनलमा एपीएफका लोकेश बमले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भएको खेलमा उनले १८ बलमा ६६ रनको योगदान गरे ।

बमले २ चौका र ९ छक्काको मद्दतमा ६६ रन जोडेका हुन् ।

उनले १४ बलमा शानदार अर्धसतक पुरा गरेका थिए ।

आर्मी विरुद्धको खेलमा एपीएफका आसिफ सेख र प्रदिप ऐरीले पनि उत्कृष्ट साझेदारी गरेका थिए । ऐरी र सेखले १५० रनको साझेदारी बनाएका थिए ।

एपीएफले आर्मीलाई २३१ रनको चुनौति दिएको छ । तस्विरः क्यान



प्रतिक्रिया दिनुहोस्