Logo

प्रधानमन्त्री कपः आर्मी ४७ रनले पराजित, फाइनलमा पुलिस र एपीएफ भिड्ने



काठमाडौं, ४ माघ । प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेटमा एपीएफ क्लब फाइनल प्रवेश गरेको छ ।

क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भएको खेलमा एपीएफले त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

त्रिुभवन आर्मी क्लबले टस जितेर एपीएफलाई ब्याटिङको निम्तो दिएको थियो ।

एपीएफले निर्धारित २० ओभरमा २ विकेटको निक्सानीमा २३० रन जोड्दै २३१ रनको चुनौति दियो ।

जसलाई पछ्याउने क्रममा आर्मीले २० ओभरमा ९ विकेटको नोक्सानीमा १८३ रन मात्र जोड्न सक्यो ।

आर्मीका लागि राजेश पुलामी मगरले सर्वाधिक ३८ रन बनाए भने भिम सार्कीले १५ बलमा ३३ रनको योगदान गरे ।

साथै, सुमितले २४ रन बनाए भने हरी चौहानले २२ रन, साहब आलमले २१ विक्रम सोमले १४ रन तथा कुशल मल्लले ६ रन बनाए ।

कप्तान विनोद भण्डारी १ रनमा पविलियन फर्किए ।

शरद भेषवाकरले सर्वाधिक ३ विकेट लिए ।

साथै, अभिनास बोहोरा र भुवन कार्कीले समान दुई÷दुई विकेट लिए । दिपक बोहोरा र किशोरले एक÷एक विकेट लिए ।

एपीएफका लागि ओपनर आसिफ सेख र प्रदिप ऐरीको शानदार साझेदारी रह्यो । उनीहरुले १५० रनको साझेदारी गरे ।

जसमा आसिफ सेखले शानदार अर्धसतकिय इनिङ्स खेले । उनले ४३ बलमा ८४ रनको योगदान गरे भने प्रदिप ऐरी अविजित रहदै ५७ रन जोड्न सफल भए ।

यस्तै, लोकेश बमले १८ बलमा ६६ रन जोड्दै शानदार प्रदर्शन गरे । साथै, कप्तान शरद भेषवाकर भने ९ रनमा पबिलियन फर्किएका थिए ।

आर्मीको लागि जितेन्द्र मुखीयाले एक विकेट लिए ।

पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ ।

भोली हुने फाइनलमा नेपाल पुलिस क्लब र एपीएफी क्लब भिड्ने छन् । तस्विरः क्यान



प्रतिक्रिया दिनुहोस्