Logo

कोपा इटालिया फुटबलः युभेन्ट्स क्वाटरफाइनलमा प्रवेश



काठमाडौं, ५ माघ । कोपा इटालिया फुटबलमा साम्पडारियालाई पराजित गर्दै युभेन्ट्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा साम्पडोरियालाई ४–१ गोल अन्तरले हराउँदै युभेन्ट्स क्वाटरफाइनलमा पुगेको हो ।

युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा जुवान कोर्डाडोले २५औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाति अग्रता दिलाएका थिए ।

डानिली रुगानीले ५२औं मिनेटमा गोल गर्दा युभेन्ट्सको अग्रता दोब्बर बन्यो ।

साथै, ६३औं मिनेटमा आन्द्रे कोन्टीले गोल गर्दै साम्पडोरियालाई २–१ को स्थितिमा ल्याए ।

खेलको ६७औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई ३–१ को अग्रता दिलाए ।

यस्तै, खेलको ७७औं मिनेटमा अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई ४–१ को जित दिलाए ।



प्रतिक्रिया दिनुहोस्