Logo

देउवाको गृह जिल्लाका १२ सडकका लागि ३१ करोड रकम



डडेल्धुरा, माघ ५ । प्रधानमन्त्री शेर बहादुर देउवाले गृह जिल्ला डडेल्धुराका लागि एक दर्जन सडकमा डवल कटिङ्गका लागी ३१ करोड रुपैयाँ विनियोजन गराएका छन् ।

पूर्व प्रधानमन्त्री केपि ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षमा पाँच वटा सडक निर्माणका लागी २४ करोड रकम विनियोजन गरेकोमा देउवा प्रधानमन्त्री बने लगत्तै ओली नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन गरि कुल १२ वटा सडक निर्माणका लागी ३१ करोड रकम विनियोजन गराएका हुन् ।

सडक डिभिजन कार्यालय डोटीका ईञ्जिनियर योगेन्द्र अधिकारीका अनुसार सात मिटर चौडा भएका सडक कटिङ्ग गर्न सो रकम विनियोजन भएको हो । विनियोजित रकम अनुसार कटिङ्ग हुने सडकहरुमा बुडर–जोगबुडा–दैजी सडकका लागी ६ करोड, बुडर–नायल–बैंक सडक २ करोड, जोगबुडा–शिर्ष– रुपाल सडक २ करोड, गैरा–गाङ्खेत सडक २ करोड, शाहुखर्क–काफली–उणिकोट सडक २ करोड, भातकाँडा–बडाल–रेल सडक ३ करोड, उग्रतारा–आईत सडक २ करोड, बगरकोट–पसेला–चिपुर सडक २ करोड, बगरकोट–सिराड–रुपालीगाड सडक ३ करोड, अनारखोली–ठाँटा–चामा–गजेला सडक २ करोड, पोखरा–बेलापुर–ढुङ्गाड सडक ३ करोड र चमडा–कोईराली–सुँगरखाल सडकमा २ करोड गरी ३१ करोड रकम विनियोजन भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot