Logo

नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी



नेपालगंज, ५ माघ । नेपाल वायु सेवा निगमको कार्यालयमा यात्रुहरूले ताला लगाएका छन् । निगमको नेपालगंजमा रहेको क्षेत्रीय कार्यालयमा मंगलबार बिहान ११ बजेसम्म उडान नभरेर फिर्ता पठाएको भन्दै हुम्लाका आक्रोशित यात्रुहरुले कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् ।

सिमकोटका लागि यात्रु उडान भर्ने भनेर यात्रुलाई विमानस्थलको हलमा राखे पनि अन्तमा फिर्ता पठाएपछि यात्रुहरु आक्रोशित भएका थिए ।

बिहान १५ जना यात्रुहरूको बोडिङ पास दिएर सिमकोट उडान भर्ने तयारी गरे पनि पछि सो जहाजले तीन जना मात्रै यात्रु बोकेर मुगुको ताल्चाका लागि उडान भरेको यात्रुहरुले आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot