Logo

प्रधानमन्त्री कपः एपीएफद्वारा १ सय ५८ रनको लक्ष्य प्रस्तुत



काठमाडौं, ५ माघ । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई १ सय ५८ रनको चुनौति दिएको छ ।

क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा भइरहेको खेलमा पुलिसले टस जितेर एपीएफलाई ब्याटिङको निम्तिो दिएको थियो ।

एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन जोड्यो ।

एपीएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाए भने यस प्रतियोगितामा विष्फोटक ब्याट्सम्यानको रुपमा परिचित लोकेश बम २७ रनमा पबिलियन फिर्किए ।

कप्तान शरद भेषवाकरले १९ रन मात्र जोड्न सके ।

यस्तै, भुवन कार्कीले १७, आसिफ शेखले ९, किशोर महतो ८, प्रदिप ऐरीले ७, दिपक बोहराले ६ रन जोडे भने अविनास बोहरा १ रनमा अविजित रहे ।

पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान ३÷३ विकेट लिए ।

साथै, गुलशन झाले २ तथा आरिफ शेख र योगेन्द्र सिंह कार्कीले समान १÷१ विकेट लिए ।

प्रतियोगिताको विजेताले पाँच लाख र उप–विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । तस्विरः क्यान



प्रतिक्रिया दिनुहोस्