Logo

सलमान खानले ‘मै चला’ मा तेलुगु अभिनेत्री प्रज्ञासँग रोमान्स गर्ने



एजेन्सी, ५ माघ । बलिउडका चर्चित हस्ती सलमान खानले सन् २०२२ का लागि भूषण कुमारको एक विशेष प्रोजेक्टका लागि हस्ताक्षर गरेका छन् । सलमान खान फिल्म्स र टी–सिरिजको एउटै गीत ‘मै चला’ साथ आउँदैछ ।

गीतमा सलमानले तेलुगु अभिनेत्री प्रज्ञा जैसवालसँग रोमान्स गर्दैछन् । यो गीतमा युलिया वन्तुर र गुरु रन्धावाले स्वर दिनेछन् । यी दुई गायक पनि पहिलो पटक एक प्रोजेक्टमा एकैपटक आउँदैछन् ।

‘मै चला’ एक रोमान्टिक गीत हो । यसलाई शबिना खान र निर्देशक गिफ्टीले निर्देशन गरेका हुन् । जानकारीका अनुसार सलमान खानका फ्यानका लागि यो गीत कुनै भिजुअल ट्रीट भन्दा कम हुनेछैन् ।

गीतको शब्द सब्बीर अहमदले लेखेका हुन् । गीत जनवरी २२ मा टि सिरिजको युट्युब च्यानलबाट रिलिज हुनेछ ।

 

 



प्रतिक्रिया दिनुहोस्