Logo

प्रदेश नम्बर २ को नाम मधेश राखेकोमा प्रचण्डको यस्तो टिप्पणी



काठमाडौं, ५ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नम्बर २ को नाम मधेश प्रदेश राखेकोमा खुशी व्यक्त गरेका छन् । उनले आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नम्बर २ को प्रदेशसभा बैठकले प्रदेशको नाम मधेश प्रदेश राखेको र राजधानी जनकपुर बनाउन सफलता गरेकोमा सांसदहरुलाई बधाई ज्ञापन गरेका छन् ।

प्रचण्डले आज सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो लेखेका छन्-“हार्दिक बधाई ! हाम्रो पार्टीले उठाउदै आएको पहिचान सहितको संघीयताको मर्म अनुसार नै प्रदेश नं.२ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकाम/राजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा माननीय प्रदेशसभाका सम्पुर्ण सदस्यहरु र मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु।”



प्रतिक्रिया दिनुहोस्

Screenshot