Logo

प्रधानमन्त्री कपको उपाधि एपीएफलाई



काठमाडौं, ५ माघ । प्रधानमन्त्री कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले उपाधि उचालेको छ ।

टियु क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभर ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो ।

पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६५ रनको अर्धशतकीय इनिङ्स खले ।

यस्तै दिलिप नाथले २३ रन बनाए भने आरिफ शेखले १२ रन जोडे ।

एपीएफका किशोर महतोले सर्वाधिक ३ विकेट लिए । यस्तै, अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले समान १÷१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो ।

एपीएफका लागि अमरसिंह रौटेलाले सर्वाधिक २९ रन बनाए भने लोकेश बमले २७ रन जोडे ।

साथै, सन्दीप जोराले २४ रन बनाए भने कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट भए ।

पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान ३÷३ विकेट लिए ।

यस्तै, गुलशन झाले २ तथा आरिफ शेख र योगेन्द्र सिंह कार्कीले १÷१ विकेट लिए ।

उपाधिसँगै एपीएफले नगद रुँ पाँच लाख प्राप्त गरेको छ भने उप–विजेतामा चित्त बुझाएको पुलिसले तीन लाख प्राप्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्