Logo

ढुंगा प्रहार गरी श्रीमानको हत्या



रोल्पा, ५ माघ । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा महिला पक्राउ परेकी छिन् । आफ्नै श्रीमान ४५ वर्षीय काले पुन मगरको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा सुनछहरी गाउँपालिका–६ झिरवाङ वस्ने ४१ वर्षीया मिना पुन मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मिनाले आफ्नै श्रीमानलाई ढुङ्गा प्रहार गरी हत्या गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी जेलवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्