Logo

विश्वकप छनोटको लागि १६ सदस्यीय टिमको घोषणा, सोमपाल र विनोद अटाएनन्



काठमाडौं, ६ माघ । आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघले (क्यान)ले कप्तान सन्दीप लामिछानेको नेतृत्वमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टिममा लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन् । साथै, जितेन्द्र मुखिया र प्रदीप ऐरी पनि टिममा फर्किएका छन् ।

तर, सोमपाल कामी र विनोद भण्डारी भने टिममा अटाउन सकेनन् ।

नेपाली टिममा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, करण केसी, कुशल भुर्तेल,आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, जितेन्द्र मुखिया, अविनाश बोहरा, शाहब आलम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्