Logo

कृषि विकास बैंकका सेवाग्राहीलाई आर्कषक छुट



काठमाडौं, ६ माघ । कृषि विकास बैंकले सेवाग्राहीलाई डिजिटल प्रोडक्ट तथा अन्य सेवामा आकर्षक छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्नो ५५औं वार्षिकोत्सवको अवसरमा विभिन्न आकर्षक छुट प्रदान गर्ने भएको हो ।

बैंकको यो सुविधा ७ माघदेखि ७ फागुनसम्म बैंकमा खाता भएका तर हालसम्म मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेविटकार्ड, डिम्याट,सि–आश्वा, मेरो सेयर र लकर सेवा नलिएकाहरुलाई विशेष छुट पाउने भएका छन् ।

यस्तै सोही समयमा नयाँ खाता खोली सेवा लिने ग्राहकलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने र चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकलाई लकर सेवामा ७५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्