Logo

भारतमा थप ३ लाख १७ हजारमा कोरोना संक्रमण पुष्टि



एजेन्सी, ६ माघ। पछिल्लो २४ घण्टामा भारतमा थप तीन लाख १७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो ।

भारतका २९ ओटै राज्यमा ओमिक्रोन पुष्टि भएको छ । अहिलेसम्म आठ हजार २०९ जनामा ओमिक्रोन देखिएको छ । सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा कोभिडबाट ४४१ जनाको मृत्यु भएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्