Logo

भारत विरुद्धको एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई अग्रता



काठमाडौं, ६ माघ । भारत विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रीकाले जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलमा बुधबार राति दक्षिण अफ्रीकाले भारतलाई ३१ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रीकाले दिएको २ सय ९७ रनको लक्ष्य पछेयाउने क्रममा भारतले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन मात्र जोड्न सक्यो । भारतका लागि शिखर धवनले सर्वाधिक ७९ रनको बनाए । विराट कोहलीले ५१ रनको योगदान गरे ।

शार्दुल ठाकुरले अविजित ५० रन जोडे भने जस्प्रित बुम्राह १४ रनमा अविजित रहे ।

दक्षिण अफ्रीकाका ताब्रेज शाम्सी, लुंगी एनजिडी र एडिलेले समान २÷२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो ।

दक्षिण अफ्रीकाका लागि रस्सी भान डेर डुसेनले अविजित रहदै १ सय २९ रनको शानदार इनिङ्स खेले ।

कप्तान टेम्बा बाभुमाले १ सय १० रनको शतकीय इनिङ्स खेले ।

भारतका लागि जस्प्रित बुम्राहले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए ।

यस जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रीकाले १÷० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्