Logo

आफूलाई जानीजानी कोरोना सारेकी चेक गायिकाको संक्रमणबाट मृत्यु



एजेन्सी, माघ ६ । आफूलाई जानीजानी कोरोना भाइरस सारेकी चेक रिपब्लिककी एक गायिकाको मृत्यु भएको छ । ५७ वर्षीया गायिका हाना होर्का पछिल्लो समय कोभिड–१९ विरुद्धको खोपको विरोध ¥यालीहरुमा सहभागी हुँदै आएकी थिएन् । उनले खोपसमेत लगाएकी थिइनन् ।

उनले आफू संक्रमित भएपनि निको हुँदै आएको बताएको दोस्रो दिन नै उनको मृत्युको खवर बाहिरिएको छ । ति गायिका परिवारका अन्य सदश्यलाई समेत संक्रमण भएको थियो । गायिकाका श्रीमान तथा छोराले कोरोना विरुद्वको खोप लगाएका थिए । उनीहरुको अपस्था समान्य रहेको जनाईएको छ ।

गायिका चेक रिपब्लिकको सबैभन्दा पुरानोमध्येको एउटा एसोनन्स समूहसँग आबद्ध थिइन्। गायिकाले आफूलाई सङ्क्रमण सार्न चाहेको पारिवारिक स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्