Logo

डिपार्टमेन्ट स्टोरमा जाँदै हुनुहुन्छ भने होसियार ! २५ जना भन्दा बढी उपस्थित हुन पाइदैन्



काठमाडौं, ६ माघ । देशभर कोरोना संक्रमणदर ह्वात्तै बढ्न थालेपछि नेपाल सरकार रोकथाम र नियन्त्रणमा जुटेको छ । पुस ३० गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार संक्रमण नियन्त्रणको लागि स्वास्थ्य मन्त्रालयले नयाँ आदेश जारी गरेको छ ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जना भन्दा बढी उपस्थित नगराउन मन्त्रालयले आदेश दिएको छ ।

त्यस्तै, कुनै पनि सामान अनावश्यक रुपमा नछुन, दुई व्यक्तिको बिचमा कम्तीमा २ मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने, पटक–पटक साबुन पानीले हात धुने वा सेनिटाइज गर्ने गरी संचालन गर्न आदेश मन्त्रालयले आदेश दिएको छ ।

जनस्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्ने–गराउने दायित्व सम्बन्धित व्यवस्थापक वा संचालकको हुने पनि बुंदा नम्बर ७ मा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्