Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा विद्यार्थीहरुको प्रर्दशन



काठमाडौँ, ६ माघ: पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रर्दशन गरेका छन् । काठमाडौंको अस्कल क्याम्पस परिसरमा गरिएको प्रदर्शनमा ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

नेपाल आयल निगमले हिजो (बुधबार) मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलामा प्रतिलिटिर ३-३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ ।-Photo Source: Drishti



प्रतिक्रिया दिनुहोस्