Logo

खबरदार ! माघमा विवाह गर्दै हुनुहुन्छ भने प्रशासनसँग स्वीकृति लिएरमात्र गर्नुहोस्, नत्र कारवाहीमा पर्नुहोला



काठमाडौं, ६ माघ । विश्वभर तिव्ररुपमा बढ्दै गइरहेको कोरोना भाइरसको नियन्त्रणको लागि स्वास्थ्य मन्त्रालयले नयाँ आदेश जारी गरेको छ । सरकारको आदेश अनुसार विवाह, व्रतबन्ध जस्ता कार्यक्रममा सम्बन्धित प्रशासनसँग अनुमति लिएर जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गर्न पाइने भएको छ ।

पार्टी प्यालेसमा गरिने कार्यक्रममा एक पटकमा कुल क्षमताको बढीमा एक–तिहाईमा नबढ्ने गरी बढीमा ५० जना मात्र उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गरी वैवाहिक र व्रतबन्धका कार्यक्रम गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

कार्यक्रम गर्नको लागि सम्बन्धित जिल्ला अधिकारीबाट पुर्व स्वीकृति लिई विवाह, व्रतबन्ध, न्वारान तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्न पर्ने बुंदा न ८ मा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम