Logo

थाहै नदिई बैठक स्थगित् गरेको भन्दै दुर्गा पौडेल आक्रोशित



काठमाडौं, ६ माघ । सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक थाहै नदिई स्थगित् गरिएको भन्दै जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेल आक्रोशित भएका छन् ।

संयोजक रामचन्द्र पौडेलले आज अपरान्ह ४ बजे बस्ने भनिएको बैठक स्थगित् भएको पत्रकार ऋषि धमलालाई जानकारी दिएका थिए ।

रिपोर्टर्स नेपाल डटकममा समाचार प्रकाशित भएपछि मात्रै आफूले बैठक स्थगित् भएको कुरा थाहा भएको भन्दै उनले आक्रोश पोखेकी हुन् । कम्तिमा समितिमा सल्लाह गरेर यस्तो निर्णय लिनुपर्ने उनको भनाई थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यव्यस्तताको कारण आज बस्ने भनिएको बैठक स्थगित् गरिएको रामचन्द्रको भनाई थियो । दुई दिनअगाडि पनि राजनीतिक समन्वय समितिको बैठक बसेको थियो।

उक्त बैठकमा समयमै स्थानीय तह निर्वाचन गर्नेबारे सहमति भएको थियो। आज भने निर्वाचनको मिति तय गरिने चर्चा थियो ।

file photo

 

 

 



प्रतिक्रिया दिनुहोस्