Logo

भोलिदेखि खोप कार्ड हुने मात्रै रंगशाला प्रवेश गर्न पाउने



काठमाडौं, ६ माघ । पछिल्लो समय विश्वभर कोरोना भाइरसले आक्रान्त बनाएको छ । त्यसमा नेपाल पनि अछुतो छैन् । नेपालमा बुधबार मात्र ११ हजार ३ सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । संक्रमण नियन्त्रण र रोकथामको लागि सरकारले नयाँ आदेश जारी गरेको छ ।

अब रङ्गशालामा खोप कार्ड भएका व्यक्तिहरुले मात्र प्रवेश पाउने भएका छन् । पुस ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको आदेशमा भोलि माघ ७ गतेदेखि लागुहुने गरि खेलकुद कार्यक्रममा खोपको मात्रा पुरा गरेका व्यक्तिहरुमात्र खोप कार्डको आधारमा रङ्गशालामा प्रवेश पाउने उल्लेख गरिएको छ ।

रङ्गशालामा दर्शकसहितको खेलकुद कार्यक्रम गर्दा एक पटकमा कुल क्षमताको एक–तिहाई मात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी संचालन गर्न समेत आदेश दिइएको छ । उपस्थित दर्शकहरु मध्ये आयोजकको खर्चमा एक–तिहाई दर्शकलाई रेन्डम छनोटको आधारमा एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयले आग्रह गरेको छ ।

माघ ७ गतेदेखि त्यस्तो कार्यक्रममा खोपको मात्रा पुरा गरेका व्यक्तिहरुलाई मात्र खोप कार्डको आधारमा रङ्गशालामा प्रवेश गर्न दिने बुँदा न.९ मा उल्लेख गरिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्