Logo

निजी अस्पतालले पिसिआरको शुल्क १५ सयभन्दा बढि लिए कारबाही गर्छौं : स्वास्थ्यसचिव पोखरेल (भिडिओसहित)



काठमाडौं, ६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोरोना संक्रमणबाट जोगिनको लागि सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् । उनले अहिले कोरोनाको ठूलो महामारी नै भैसकेको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रले पनि अब पिसिआर परीक्षणको शुल्क घटाउने सुनाए ।

डा. पोखरेलले निजी अस्पतालले पनि अब पिसिआर परीक्षणको शुल्क १५ सयभन्दा बढि लिन नपाउने बताए । यदि उनीहरुले योभन्दा बढि शुल्क लिए कारबाही गरिने उनको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्