Logo

एमाले अप्ठ्यारोमा; संसद अवरोध अन्त गर्ने कि चुनाव मान्ने ?



काठमाडौं, ६ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अर्ली इलेक्शनको प्रस्तावले नेकपा एमाले अप्ठ्यारोमा परेको छ । उसका सामु संसदको अवरोध रोक्ने या अर्ली इलेक्शनमा जान तयार हुने भन्ने चुनौती तेर्सिएको छ ।

प्रचण्डले वैशाखमा प्रतिनिधिसभाको चुनावको प्रस्ताव गरेका छन् । मंसिरमा आवधिक चुनाव हुनुपर्नेमा वैशाखमा भएमा ७ महिना अगावै हुनेछ । यसका लागि दलहरुबीच सहमति आवश्यक पर्छ ।

एमालेले संसदको अवरोध अन्त नगरेको भन्दै प्रचण्डले अर्ली इलेक्शनको प्रस्ताव गरेका हुन् । यसअघि प्रचण्डलगायत सत्ता गठबन्धन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना अनुसार दुई पटक भएको प्रतिनिधिसभा चुनाव घोषणाको विपक्षमा देखिएका थिए । अहिले प्रचण्ड आफै वैशाखमा चुनाव गर्ने प्रस्ताव गर्न थालेका छन् ।

सत्ता गठबन्धनले शक्ति सञ्चय गर्दै लगेपछि प्रचण्ड उत्साही देखिएका छन् । यसकारण उनले चुनावको प्रस्ताव राखे । गठबन्धन एकजुट भएमा एमालेलाई चुनौती हुन सक्छ । यसकारण ओली अर्ली इलेक्शनको विपक्षमा जानसक्ने सम्भावना छ । उनले स्थानीय निकायको निर्वाचन पहिले हुनुपर्ने अडान कसेर अर्ली इलेक्शन नमान्ने सम्भावना छ । तर, त्यसको विकल्पमा एमालेले संसदको गतिरोध अन्त गर्नुपर्ने वाध्यकारी परिस्थिति बन्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्