Logo

अवैध लागूऔषधसहित दुई पक्राउ



महोत्तरी, ६ माघ। औराही नगरपालिका-४ कठुधारबाट नियन्त्रित लागूऔषध २ हजार ९ सय ८२ पिस नाइट्राभेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे मनदन देवपुर बस्ने २५ वर्षीय सरोज बिक र सिरहा गोलबजार नगरपालिका-४ बस्ने २३ वर्षीय आकाश शर्मा रहेका छन् ।

सम्सिबाट बर्दिबासतर्फ जाँदै गरेको बा.४६ प ६२७३ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-९ शान्तीटोल बस्ने २१ वर्षीया शुस्मिता गुरुङ र २० वर्षीय राजकुमार भुजेल रहेका छन् ।

उक्त स्थानमा सिआरभि पृथ्वीचोकबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्