Logo

आगामी ३ दिन वर्षादेखि हिमपात हुन सक्ने, सतर्कता अपनाउन आग्रह



काठमाडौं, ६ माघ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विभागको अनुसार आज सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भु–भागहरुमा आंशिक देखि सामान्य बदली भइरहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु/कुहिरो लागेको विभागले जनाएको छ ।

यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ६ गते (बिहीबार): दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको मौसम विभागले जनाएको छ ।
त्यस्तै आज राती देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ ।

माघ ७ गते (शुक्रबार)दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। मौसम विभागाके अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।
त्यस्तै, भोलि राती देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ ।

यसैगरी, माघ ८ गते (शनिबार) दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको मौसम विभागले जनाएको छ ।
त्यस्तै, शनिबार राती देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

देशको पहाडी भू–भागका केही स्थानहरुमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन समेत विभागले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्