Logo

आहा रारा गोल्डकप आज देखि सुरु हुँदै, उद्घाटन खेलमा सहारा र एपीएफ भिड्ने



काठमाडौ, ६ माघ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करण आज (बिहीबार)बाट सुरु हुँदैछ ।

आज हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पोखरा रंगशालामा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ ।

प्रतियोगितामा खोपकार्ड अनिवार्य गर्नुका साथै पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालना गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

विजेता टिमले नगद रुँ १० लाख १ हजार प्राप्त गर्नेछ ।

यस्तै, उपविजेता टोलीले ५ लाख १ हजार प्राप्त गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्