Logo

कांग्रेसको १६ जिल्लाको अधिवेशन पुन: स्थगित



काठमाडौँ, ६ माघ। नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ बढेपछि कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्ला अधिवेशन स्थगित गरेको हो ।

यसअघि गत पुस २७ गतेका लागि ती जिल्लामा अधिवेशन तोकिएको भएपनि राष्ट्रिय सभा निर्वाचनको कारण देखाउँदै माघ १५ गतेका लागि सारिएको थियो । माघ १५ मा नहुने निश्चित भइसकेको छ।
कांग्रेसमा सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपुर, सिन्धुपाल्चोक, रसुवा, कैलाली, बाँके र अछामको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्