Logo

ब्रेन्टफोर्डमाथि युनाइटेडको सहज जित



काठमाडौं, ६ माघ । इंग्लीस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डमाथि जित निकालेको छ ।

बुधबार राती भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा एन्थनी इलांगा, मासोन ग्रिनउड र मार्कस रासफोर्डले एक–एक गोल गरे ।

ब्रेन्टफोर्डका लागि एकमात्र गोल इभान टोनीले गरेका थिए ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो ।

तर दोस्रो हाफको सुरुवाति ५ मिनेटमै एन्थनी इलांगाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

साथै, ६२औ मिनेटमा मासोन ग्रिनउडले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

खेलको ७७औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै अग्रता तेब्बर बनाए ।

तर खेलको ८५औं मिनेटमा बेन्टफोर्डका इभान टोनीले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यस जितसँगै युनाइटेड ३५ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ ।

ब्रेन्टफोर्ड २३ अंकका साथ १४औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्