Logo

सिपाही १५ वर्षमा हवल्दार हुन नपाउने तर डिआइजी हुन पाको छैन एआइजी बनाउनु पर्ने ?



राधाकृष्ण देउजाः कुनै पनि सरकारी निकायमा पदको सृजना वा खारेजी तत निकायमा त्यस पदको आवश्यकता र सृजित पदसंगै जोडिने व्ययभार धान्न सक्ने क्षमताको आधारमा हुनु पर्ने हो तर हाम्रो नेपालको विडम्बना पदहरुको सिर्जना वा खारेजी केही पनि विधि अनुसार हुँदैन ।

झन् नेपाल प्रहरीमा त त्यो वेथिति अत्यन्त धेरै छ । सुरक्षा निकायहरु मध्यम गर्नु पर्ने कामको दृष्टिले सवै भन्दा महत्वपूर्ण अंगको रुपमा रहेको नेपाल प्रहरी माथि अक्सर राजनीतिक र प्रशासनिक गिद्धे दृष्टि पर्ने, अनावश्यक दबाब सामु प्रहरी नेतृत्व निरिह हुने अनि पद सृजना हुँदा आफु पर्ने आसमा सम्भावितहरु लर्को लागेर चाकरी गर्न मात्रै नभएर लिलाम बढा बढ नै गर्न पनि जाने समस्याले प्रहरी आक्रान्त भएको लामो समय भैसकेको छ । जसको फलस्वरूप कहिले दरवन्दी स्वाट्टै काटिने त कहिले बढुवा गर्नु पर्ने वा नगरी नहुने मानिस हेरेर दरवन्दी स्वाट्टै बढाइने गरिँदै आएको छ ।

यसै क्रममा हिजो मात्रै नेपाल प्रहरीको एआइजी पदको दरबन्दी तीनवटा बढाउने सहमती भएको खबर आएको छ । तर दुखको साथ भन्नु पर्छ त्यसरी एआइजी पद थप नहुँदा नेपाल प्रहरीमा के कति बाधा पर्यो भन्ने उत्तर आइजीपी , गृहमन्त्री वा गृह सचीव कसैले पनि दिन नसक्ने पक्का छ ।
आज सुनिए अनुसार त कतिसम्म भएको छ रे भने तिन जनाको दरवन्दी थप गर्ने सहमति पाउन अर्थमन्त्रीज्युलाइ एउटा कोटा पक्का भएको छ रे ।

भने पछि अब हुने तिनजनामा एक जना अर्थमन्त्रीको , एउटा गृहमन्त्रीको अर्को प्रधानमन्त्रीको होला अनि त्यसपछि सत्ता गठबन्धनका मुख्य नेताहरुको एक एक हुनुपर्ने हुँदा अरु तिन चार थपिएलान । त्यसो गर्दा सबैका एक एक गर्दै थप ६(७ एआइजी होलान तर ति सबै कि मन्त्रीका कि नेताका हुने नै भए , सोहि अनुपातमा डीआइजी , एसएसपी हुँदै डीएसपी सम्म आइपुग्ला । तर त्यति सबै हुँदा पनि नेपाल प्रहरीको चाहिं कोहि नहुने होलान अर्थात नेता , मन्त्री वा प्रधानमन्त्रीको चाकरी नगर्ने , उनीहरु संग हिसाव किताव नगर्ने ,केवल काम मात्रै गर्नेहरु लाइ त कसैले सम्झेर बढुवा देलान कि भन्ने दिन त गै त गयो । अब जे हुनु भैसक्यो , नभएको पनि भैहाल्छ तर फेरी पनि म त यस्तो गर्छु , त्यस्तो गर्छु राम्रो गर्छु भन्ने तर खास केहि नगर्ने गृहमन्त्रि , म जस्तो राम्रो गर्ने को छ र भन्ने तर प्रहरीको बढुवामा भाग माग्ने अर्थमन्त्री अनि स्वयम प्रधानमन्त्रीज्यु लाइ “ माहासयहरु दसौं बर्ष सिपाही भएकालाइ हवल्दार बनाउने गरेर दरवन्दी बनाउन नहुने र सहायक हवल्दार भन्ने कथित पद सृजना गर्ने अनि केही वर्ष पनि डीआइजी नाभएका आफ्नाहरुलाई हतार भयो भनेर एआइजी पद थप्ने, उनीहरुलाइ पनि सहायक एआइजी बनाए हुन्न ? नत्र वरिष्ठ डिआइजी ?” भनेर सोध्दा कसो होला ? सवाल त आफ्नो बढुवा होस बाँकी सब जे होस होस भनेर हिडनेहरुलाइ पनि सोध्नु पर्छ कि “ तपाईं एसपी हुँदा तपाईं लाइ सिपाही भएर सलाम गर्नेले हवल्दार हुन नपाउने अनि तपाईं किन एआइजी भैहाल्नु पर्ने ?” –सामाजिक सञ्जालबाट



प्रतिक्रिया दिनुहोस्