Logo

अनिवार्य मास्ककाे प्रयाेग गर्न ट्राफिक प्रहरीले सुरु गर्यो ‘स्टिकर’ अभियान



काठमाडौँ, ६ माघ। उपत्यकामा कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीले ‘स्टिकर’ अभियान सुरु गरेकाे छ । ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालक सह-चालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै सवारी साधनहरुमा सूचनामुलक स्टिकर टाँस्न सुरु गरेको हाे ।

काठमाण्डौ मल अगाडि गाडीमा ट्राफिक प्रहरीले स्टिकर टाँसेर अभियान सुरु गरेको छ । अभियान सुरु गर्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश राज जोशीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड र सावधानीका उपायहरुलाई पूर्ण पालना गर्न अनुरोध गरे ।-तस्बीर: मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्