Logo

जोकोभिचले किने कोभिडविरुद्धको औषधि निर्माता कम्पनीको ८० प्रतिशत सेयर



एजेन्सी, ६ माघ। टेनिस खेलाडी नोभाक जोकोभिच कोभिडविरुद्धको औषधि बनाउने कम्पनीसँग आबद्ध भएको खबर आएको छ । उनले डेनमार्कको क्वान्टबायोरेस नाम गरेको कम्पनीमा लगानी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा खबर छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यम अनुसार उनले क्वान्टबायोरेसको ८० प्रतिशत शेयर खरिद गरेका छन् । उक्त कम्पनीले भ्याक्सिन भन्दापनि कोरोना भाइरसविरुद्ध औषधी बनाउने तयारी गरिरहेको जनाइएको छ । क्वान्टबायोरेस नाम गरेको कम्पनीका सिइओको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम एक्सप्रेस डट को डट युकेले लेखेको छ,‘ जोकोभिचले एक वर्ष अगाडी नै कम्पनीको सेयर किनेका हुन् ।’

केही दिनअघि अस्ट्रेलियन ओपन खेल्न मेलबर्न पुगेका जोकोभिचलाई कोभिड–१९ सम्बन्धी नियम पालना नगरेको भन्दै अस्ट्रेलियाबाट डिपोर्ट गरिएको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्