Logo

महाधिवेशन आयोजक समिति गठनलाई लिएर युवा संघमा असन्तुष्टि चुलियो, असन्तुष्ट पक्षले गर्यो नेतृत्वको ध्यानाकार्षण



काठमाडौं, ६ माघ । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालभित्र महाधिवेशन आयोजक कमिटी गठनलाई लिएर असन्तुष्टि बढेको छ। संघका उपाध्यक्ष अमित लामासहित १४ जना पदाधिकारीले पार्टी नेतृत्वसमक्ष यसबारेमा असन्तुष्टि जनाउँदै गम्भीर ध्यानाकार्षण गराएका हुन् ।

संघको विघटित केन्द्रीय कमिटीका १४ जना पदाधिकारीहरुले संगठनमा व्यक्तिवाद हावी भएर निजी कम्पनीका रुपमा आयोजक कमिटी घोषणा गरिएको भन्दै आफूहरुले पार्टी नेतृत्वमसक्ष लिखित असहमति दर्ज गरेको लामाले रिपोर्टर्स नेपाल डटकमलाई जनाए ।

उनले यसअघि १३९२ जनाको जम्बो कमिटी थियो । तर, पार्टीले जम्बो कमिटी नराख्न निर्देशन दिएको थियो । कमिटी अलिक सानो बनाएर अघि बढ्न पार्टी नेतृत्वले दिएको निर्देशनअनुसार ४१९ जनाको सचिवालयलाई नै आयोजक कमिटीमा परिणत गरेर अघि बढिएको अवस्थामा पुष २८ र २९ गते पोखरामा बसेको सचिवालयको दोस्रो पूर्ण बैठकमा मिनि महाधिवेशनजस्तै गरिएको उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्