Logo

निर्वाचनबारे कुनैपनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ : गगन थापा



काठमाडौं, ६ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनबारे कुनैपनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक हुने टिप्पणी गरेका छन् । पछिल्लो समय स्थानीय तहको निर्वाचन भन्दा पहिले प्रतिनिधिसभाको निर्वाचन गर्ने तयारी भैरहेकोप्रति उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्-“हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।अत: निर्वाचनबारे कुनैपनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।कांग्रेस प्रष्ट छ-असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ।”



प्रतिक्रिया दिनुहोस्