Logo

मेडिकल काउन्सिलको स्थगित परीक्षा २१ र २२ गते हुँदै



काठमाडौं, ६ माघ । नेपाल मेडिकल काउन्सिलले माघ १४ र १५ गतेका लागि तय गरेको स्नातकोत्तर तहको विशेष परीक्षा कोभिड–१९को कारण स्थगित गरेको थियो ।

काउन्सिलले आज एक सुचना जारी गर्दै स्थगित भएको विशेष परीक्षा माघ २१ र २२ गते हुने जानकारी दिएको हो ।

काउन्सिल कर्मचारी र पदाधिकारीमा कोरोना संक्रमण संक्रमण पुष्टि भएपछि परीक्षा स्थगित भएको काउन्सिलले जनाएको थियो।

 



प्रतिक्रिया दिनुहोस्