Logo

सिंहलाई पनि कोरोना संक्रमण, नयाँ भेरियन्ट उत्पत्ति हुने चिन्ता



एजेन्सी, ६ माघ। दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र प्युमामा पनि कोरोना भाइरस पुष्टि भएको छ ।

चिडियाखानाका जीवजन्तु मानिसमा कोभिड हुने बेलामा देखा पर्ने जस्तै लक्षणसहित बिरामी परेका थिए । श्वास फेर्न गाह्रो भएको, नाकबाट सिँगान बगेको र सुक्खा खोकी लागेको पाइएको थियो । त्यसपछि सिंह र प्युमामा परीक्षण गर्दा कोरोना पुष्टि भएको बीबीसीले जनाएको छ ।

तिनको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने प्रीटोरिया विश्वविद्यालयका वैज्ञानिकहरूले बताएका छन् । जनावरदेखि मान्छेमा सर्‍यो भने नयाँ भेरियन्ट उत्पत्ति हुन सक्ने वेज्ञानिकहरुको भनाइ छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot