Logo

परीक्षा सञ्चालनमा स्वास्थ्य साबधानी र वैकल्पिक उपाय अपनाइयोस् : महामन्त्री तिमल्सिना



काठमाडौं, ६ माघ । कोरोना भाइरसको संक्रमण उच्च रुपले बढिरहेको समयमा स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना नगरी परीक्षा सञ्चालन गरेर उल्टो विद्यार्थीहरु माथी गरिएको धरपकड र दमनप्रति नेपाल विद्यार्थी संघले गम्भिर आपत्ति जनाएको छ ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले आज एक विज्ञप्ती जारी गर्दै स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन र परीक्षा सञ्चालनमा वैकल्पिक उपाय अपनाइ परिक्षार्थीको स्वास्थ्यसम्बन्धी अधिकारमा संवेदनशील हुन सरकार, विश्वविद्यालय तथा सम्बद्ध सबै निकायलाई अपिल गरेका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित एलएलबी चौथो वर्षको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने भन्दै काठमाडौंको बुद्धनगरस्थित् कान्तिपुर इन्टरनेसनल कलेजमा विद्यार्थीबाट भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा ने.बि.संघ चक्रवर्ती ल कलेज इकाइ अध्यक्ष अभिनबसिंह राठौर, सचिव सुरज रेग्मी र नेताहरु अभिषेक गिरी, प्रभात ठाकुर, जित यादवलगायत ११ जनालाई नियन्त्रणमा लिइएको थियो ।

महामन्त्री तिमल्सिनाले केही विद्यार्थी घाइते भएको घटनाप्रति संघको गम्भीर ध्यानाकार्षण भएको र हिजो नै हिरासतमा राखिएका विद्यार्थीहरुलाइ महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पुगि ने.बि.संघको तर्फबाट विद्यार्थीको आन्दोलन र मागप्रति पुर्ण ऐक्यबद्धता जनाएको जानकारी दिए ।

कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिरहेको तथा परीक्षा सञ्चालनका क्रममा स्वास्थ्यको मापदण्ड पालना नहुँदा विद्यार्थीको ज्यान जोखिममा पर्नसक्ने हुँदा हाल चलिरहेको त्रिभुवन विश्वविद्यालय, पुर्बाञ्चल विश्वविद्यालयलगायत सबै विश्वविद्यालयका सबै संकाय र कार्यक्रमअन्तर्गत सञ्चालित परीक्षा, शिक्षालय, विद्यालय एवम् सम्पुर्ण तह र विषयका परीक्षालाई अनलाइन वा अन्य वैकल्पिक माध्यमबाट सञ्चालन गर्नसमेत माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot