Logo

अर्जेन्टिनी टिममा परेनन् मेस्सी



काठमाडौं, ६ माघ । विश्वकप छनोटअन्तर्गत चिलीविरुद्धको खेलका लागी घोषणा गरिएको अर्जेन्टिनी टिममा कप्तान लियोनल मेस्सीलाई बाहिर राखिएको छ ।

प्रशिक्षक लियोनल स्कोलानीले घोषणा गरेको टिममा मेस्सीलाई बाहिर राखिएको हो ।

पछिल्लो एक महिनादेखि मैदान बाहिर रहेकाले टोलीमा समावेश नगरिएको प्रशिक्षक स्कोलानीले बताएका छन् ।

पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर मेस्सी पछिल्लो एक महिनापछि बुधबार मात्रै मैदान फर्किएका छन् । मेस्सीले पछिल्लो पटक २२ डिसेम्बरमा लिग वानमा लोरियन्टविरुद्ध खेलेका थिए ।

मेस्सी टिम बाहिर रहँदा पाउलो डिबलाले टिममा स्थान बनाएका छन् । यस्तै संन्यास लिएका सर्जियो अग्वुइरो बाहिर रहँदा लौटारो मार्टिनेज टोलीमा निरन्तरता पाएका छन् ।

ब्राजिलसँगै अर्जेन्टिनाले दक्षिण अमेरिकाबाट कतार विश्वकप २०२२ मा आफ्नो स्थान बनाइसकेको छ । अर्जेन्टिनाले विश्वकपअन्तर्गत बिहीबार चिलीको भ्रमण गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्