Logo

आहा रारा गोल्डकपमा एपीएफको सुखद सूरुवात



काठमाडौं, ६ माघ । २०औं संस्करणको आहा रारा गोल्डकपको उद्घाटन खेलमा नेपाल एपीएफ क्लबले जित निकालेको छ ।

पोखरा रंगशालामा भएको खेलमा एपीएफले आयोजक सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको नवौं मिनेटमा आभास लामिछानेले गोल गर्दै एपीएफलाई सूरुवाती अग्रता दिलाए ।

यस्तै, ५९औं मिनेटमा प्रदिप लामाले गोल गर्दै टोलीलाई जित दिलाएका थिए ।

कोरोना संक्रमणका कारण मैदानमा दर्शकलाई अनुमति दिइएको छैन् ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । तस्विरः सहारा क्लब पोखरा



प्रतिक्रिया दिनुहोस्