Logo

सत्ता गठबन्धनको बैठक भोलि, चुनावबारे के निर्णय होला ?



काठमाडौं, ६ माघ । सत्ता गठबन्धनको बैठक भोलि बस्ने भएको छ । अपरान्ह ४ बजेका लागि तय भएको बैठकमा चुनावको मिति तोक्न सिफारिश गर्ने बुझिएको छ । तर, कुन चुनाव पहिले गर्ने टुंगो लागिसकेको छैन ।

आज सत्ता गठबन्धनका प्रमुख तीन दलका शिर्ष नेताबीच बालुवाटारमा छलफल हुँदा स्थानीय चुनाव कि प्रतिनिधि सभा चुनाव पहिल्यै गर्नेबारे छलफल भएको थियो । तर, नेताहरुबीच सहमति नबनेको बुझिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललले स्थानीय चुनाव अघि प्रतिनिधि सभा चुनावको प्रस्ताव राखेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले भने संविधान अनुसार स्थानीय चुनाव वैशाखभित्र गर्नुपर्ने भन्दै जोड दिएका थिए । पाँच दल बसेर यसबारे टुंगो लगाउने तय भएको छ ।

प्रचण्डले स्थानीय चुनाव अघि वैशाखमा प्रतिनिधि सभा निर्वाचन गर्ने प्रस्ताव गरेर तरंग ल्याइदिएका छन् ।



प्रतिक्रिया दिनुहोस्