Logo

उपत्यकामा शुक्रबारबाट जोर बिजोर प्रणाली (सूचनासहित)



काठमाडौं, ६ माघ । उपत्यकामा जोर बिजोर प्रणालीमा यातायात सञ्चालन गर्ने निर्णय भएको छ । काठमाडौं उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको संयुक्त बैठकले जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जोर गतेमा जोर र बिजोर गतेमा बिजोर प्रणालीमा यातायात सञ्चालनको अनुमती दिइने भएको छ । जोर बिजोर शुक्रबार रातिबाट लागू हुने उल्लेख छ ।

यो प्रणाली अर्को सूचना जारी नभएसम्मका लागि तय गरिएको बताइएको छ । जोर बिजोर प्रणाली अत्यावश्यक सेवामा भने लागू हुनेछैन ।



प्रतिक्रिया दिनुहोस्