Logo

सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य (सूचनासहित)



काठमाडौं, ६ माघ । के तपाईंसँग कोरोना भाइरसविरुद्धको खोप लगाएको कार्ड छैन ? छैन भने सार्वजनिक सेवा लिनबाट वञ्चित गरिनुहुनेछ ।

सरकारले सार्वजनिक सेवा लिन अनिवार्य खोप कार्ड गरेको छ । आज काठमाडौं उपत्यकाको तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य आफ्नो साथमा राखेको हुनुपर्ने उल्लेख गरेको छ । मोबाइलमा खोपकार्डको फोटो खिचेको भए पनि मान्य हुनेछ ।

यसैगरी, सपिङ मल देखि पाटी प्यालेससम्म प्रवेश गर्न खोप कार्ड अनिवार्य गरिएको छ । मास्क नलगाउने व्यक्तिलाई कार्याल्य तथा पसलमा प्रवेश गर्न नदिइने भएको छ ।



प्रतिक्रिया दिनुहोस्