Logo

एमालेनिकट अनेरास्ववियु सडकमा, जलायो प्रधानमन्त्रीको पुत्ला (फोटोफिचर)



काठमाडौं, ६ माघ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकट अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ । पेट्रोलियम पदार्थको भाउ बढाएको विरोधमा सडक संघर्षमा उत्रिएको अनेरास्ववियुले आज प्रधानमन्त्री देउवाको पुत्ला जलाएको हो ।

हाम्रा सहकर्मी मुकुन्द कालिकोटेकाअनुसार शंकरदेव क्याम्पसअगाडि अनेरास्ववियुका विद्यार्थी भेला भएर प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । विरोधको क्रममा प्रदर्शनकारीले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्