Logo

खगराज अधिकारीको चेतावनी : चुनाव गराएन भने हामी यो सरकारलाई पानी पिउन पनि दिन्नौं (भिडिओसहित)



काठमाडौं, ६ माघ । नेकपा (एमाले) का नेता खगराज अधिकारीले अब प्रतिपक्षी दल आक्रामक रुपमा अघि बढ्ने बताएका छन् । उनले अब सरकारले चुनाव गराएन भने पानी पिउनपनि नदिने चेतावनी दिए ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने-“प्रतिपक्षी दल आक्रामक ढंगले अघि बढ्नुपर्छ भन्ने तपाईँहरुको माग छ, यदि यो सरकारले चुनाव गराएन भने हामी पानी पिउन पनि दिँदैनौं । महँगी नियन्त्रण गरेन भने पनि पानी पिउन दिन्नौं ।”

उनले नारायणहिटी संग्राहलयमा क्याफ्टेरियामा रेष्टुरेण्ट बनाउने प्रकरणमा योगेश भट्टराईमाथि कारबाही गरेर देखाउन पनि मन्त्री प्रेम आलेलाई चेतावनी दिएका छन् । उनले वर्तमान सरकारले समयको बर्बादी गर्ने काम मात्रै गरेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्