Logo

यात्राको सकसपूर्ण तर अन्तिम खुट्किल्लोमा छन् प्रचण्डः गोकुल बाँस्कोटा



काठमाडौं, ७ माघ । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दक्षिणपन्थी विसर्जनवादी यात्रको सकसपूर्ण तर अन्तिम खुट्किल्लोमा पुगेको टिप्पणी गरेका छन् । उनले ट्वीट गर्दै प्रचण्ड विदेशीको भरमा जोड दिइरहेको आरोप समेत लगाएका छन् ।

प्रचण्ड बुलेटबाट उदाएका भन्दै उग्रवामपन्थीले भागेरै छाड्ने टिप्पणी गरे । उनले प्रचण्डले षड्यन्त्रमा जोड दिइरहेको आरोप लगाए ।

बाँस्कोटाले ट्वीटरमा लेखेका छन्: संसारभर नै बुलेटबाट उदाएका उग्रवामपन्थीले भोगेरै छोड्ने दक्षिणपन्थी विसर्जनवादी यात्राको सकसपुर्ण तर अन्तिम खुट्किल्लोमा छन-प्रचण्ड।जनतामा हैन विदेशीमा भर,सिद्दान्त र संगठनमा होईन गठबन्धन र षडयन्त्रमा जोड।यस्तो भएपछि हरेक बुलेटे ब्यालेटसंग भाग्छ।सुन्यतामा शक्ती आर्जनको सपना नदेख।



प्रतिक्रिया दिनुहोस्